अमेरिका: अवशेष फिर्ता



वासिंगटन,(एजेन्सी)
उत्तर कोरियाले कोरियाली युद्धको दौरान मारिएका अमेरिकी सेनाका अवशेष रहेको ५५ वटा बाकस फिर्ता पठाएको र ति मध्ये केवल एकजना सैनिकको परिचय ट्याग मात्र राखिएको अमेरीकी अधिकारीलेहरुले बताएका छन् । एकजना फोरेन्सिक विशेषज्ञले प्रारम्भिक परिक्षणबाट ति मानव अवशेषशरु अमेरिकीहरुको न ैहुनुपर्ने देखिएको बताएका छन् ।

ति बाकसहरु दक्षिण कोरिया हुँदै विस्तृत परिक्षणका लागि अमेरिकाको हवाइमा आइपुगेका हुन् । यसअघि उत्तर कोरियाले पहिचानै हुन नसक्ने खालका विदेशी सेनाका अवशेषहरु पठाएको थियो । बुधवार ति बाकस दक्षिण कोरियाको ओसान हवाइ अखडामा आइ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्