प्रभु बैंकको एकै पटक दुई शाखा



काठमाडौं(नेस)
प्रभु बैंकले बुधबार एकैदिन दुई शाखा विस्तार गरेको छ।
बैंकले गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण र मंगला गाउ“पालिकामा शाखा विस्तार गरेको छ।

अन्नपूर्ण गाउँपालिका वडा नं ६ पोखरे बगरस्थित बैंकको शाखा सोही वडाका अध्यक्ष कृष्णप्रसाद बरुवालले उद्घाटन गर्नुभयो ।यसैगरी मंगला गाउ“पालिका वडा नं २ बाबिया चौरस्थित बैंकको शाखाको उदघाटन सोही गाउ“पालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्