वृद्धवृद्धालाई माया–ममताको खाँचो



समय परिवर्तनशील छ । समयसँगै चल्न सक्नु आफैंमा एउटा गौरवको कुरा हो । हरेक मान्छे जन्मनु र मर्नु यो एउटा प्रकृतिको नियम नै भएकाले यसलाई हामीले नकार्नै सक्दैनौं । हरेक मानिस समाजभन्दा पर रहन नसक्ने भएकाले मानिसहरु समाजमा नै बस्ने गर्दछन् ।

पछिल्लो समय मानिसमा एक खालको उतारचढाव भएको पाइन्छ, जसले गर्दा बूढापाकाको कुरा नसुन्ने, बूढापाकालाई घृणा गर्ने, यिनीहरुलाई अहिलेको कुरा के थाहा भनेर हेला गर्ने, उनीहरुको इज्जतमा दख्खल दिनेदेखि लिएर मानसिक तनाव दिँदै आइएको छ ।

बुढेकालमा सबैभन्दा बढी माया–ममता र सम्मानको खाँचो हुन्छ । त्यसै बेला आफैंले जन्म दिएको छोराछोरीले समेत पालनपोषण गर्न छोडेर उल्टै वृद्धाश्रमा लगेका छन् । यस्ता कार्य गर्ने नालायक छोराछोरीलाई कारबाही गर्न सरकारले ठोस नीति–नियम बनाओस्, जसले गर्दा कुनै पनि वृद्धवृद्धा वृद्धाश्रम गएर बस्नु नपरोस् ।

हामीले कस्तो खालको समाज निर्माण गर्दै छौं ? समाज कतातर्फ जाँदै छ ? यो गहन विषय भएकाले यसको बेलैमा हामीले हेक्का राख्न सक्नुपर्दछ । बूढापाकाहरु भनेको हाम्रा गहना हुन्, हामीलाई सही मार्ग देखाउने भगवान् हुन्, जसले गर्दा हामी यस स्थानमा आइपुगेको छौं । बूढापाकाहरु भएनन् भने हामी अपूरो र अधुर हुन्छौं । बूढापाका भए भने मात्र घरको सोभा बढ्छ, जसले गर्दा हामीलाई एकखालको आनन्दको महसुस हुन्छ ।

वृद्धवृद्धाका सहारा भनेकै उनीहरुका छोराछोरी भएकाले उनीहरुको हरेक इच्छा–आकांक्षालाई पूरा गर्नेतर्फ लाग्नुपर्दछ । दिन–प्रतिदिन वृद्धवृद्धाप्रति गरिने सम्मानजनक व्यवहार हराउँदै गएको बेला हामीले एकजुट भएर उनीहरुको सेवा गर्दै सम्मानको बाटो अपनाउनु अहिलेको खाँचो हो ।
– सुवास रिजाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्