छोपियो धरहराको ठुटो



२०७२ बैशाख १२ गते गएको शक्तीसाली भुकम्पबाट ध्वस्त भएर बाकी रहेको धरहराको ठुटो छोप्दै काठमाडौं महानगरपालिका । भुकम्प गएको ३ वर्ष पछि हिजो बिहीबार बल्ल छोपिएको हो । धरहरा छोप्ने कार्यक्रममा कामपाका उपमेयर हरीप्रभा खड्गी, महानगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कामपा दमकलको ल्याडर लगायतका यन्त्र प्रयोग गरी धरहरा छोपिएको हो । वर्षातको कारण इतिहास बोकेको धरहरा को ठुटो मक्किन सक्ने सम्भावना बढेपछि छोपिएको हो । प्राधिकरणले केही दिनपछि पुननिर्माण शुरु गर्ने लक्ष्य लिएको छ ।

तस्वीर : चन्द्रमणी भट्टराई काठमाडौ महानगरपालिका

प्रतिक्रिया दिनुहोस्