लोक दोहोरी मै मज्जा



काठमाडौं, (नेस) ।
‘फुलबुट्टे रातो साडीमा, लैजाउकी कान्छीलाई बुटवल हुदै पाल्पा गाडीमा’ गितबाट लोकदोहोरी क्षेत्रमा स्थापित प्रमिला राई विगत १६ वर्ष देखि यहि क्षेत्रमा रमाउदै आएकी छिन् । काठे, पुर्वेली, पश्चिमेली लोक गित मात्र हैन आधुनिक गित गाउन पनि उत्तिकै सिमालु प्रमिला केहि वर्ष वैदेशिक रोजगार र फिल्म क्षेत्रमा हराइन् । नाछिरिङ राई जातिको जन्मे देखि मृत्यु सम्मको भेषभुषा, भाषा, सस्कृति सबै समेटिएको पहिलो डकुमेन्ट्रि बनाउने पनि उनै प्रमिला हुन् ।

दोहोरी गित गाउने रहरका साथ खोटाङको राखा बाङदेलबाट २० वर्ष अघि काठमाडौं आएकि प्रमिलाका शुरुका दिन संघर्षमै वित्यो । विभिन्न दोहोरी साझमा राती अवेर सम्म गित गाउदा गाउदै खारिदै आएकी उनलाई पुर्वेली भनेर पश्चिमेली कलाकारहरुले हेपेको पिडा ताजै छ । ‘पुर्वेलीले पश्चिमेली भाकाको गित गाउन सक्दैनन भन्दै हेप्थ्ये’ प्रमिला विगतको स्मरण गर्दै भन्छिन– मैले शुरुमा गाएको फुलबुट्टे रातो साडीमा भन्ने पश्चिमेली गित चर्चित भएपछि बल्ल सिनियर भनिने कलाकारहरुले लगाउने आरोप घट्न थाल्यो ।

कला र गलाको धनि प्रमिला आधुनिक गित गाउन पनि उत्तिकै सिपालु छिन् । अहिले आफ्नै शब्द संकलन, संगित र स्वरमा केहि गित रेकर्ड गर्ने अन्तिम तयारी छ उनको । तर, पछिल्लो समय लोक दोहोरीमा भने उनी निरन्तर लागिरहेकी छन् । कलाकार निलमणी भण्डारी संग सहकार्य गरि ‘स्टक नेपाल रोधीघर’ सञ्चालन गर्दै आएकी प्रमिला स्कट नेपाल डट कम मार्फत दिनको एउटा लाइभ दोहोरी सञ्चालन गरिरहेकी छन् ।

लोक दोहोरी क्षेत्रलाई जिवन्त बनाइराख्ने मात्र उनको उदेश्य हैन ।

पर्दा पछाडी रहेका र लोक दोहोरी गाउने क्षमता भएका नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पनि उनको उदेश्य रहेको छ । ‘हामी दुई÷चार जना मिलेर स्कट नेपाल रोधीघर सञ्चालन गरिहेका छौं’ प्रमिला भन्छिन– यहाबाट आम्दानी हुदैन, खर्चमात्र भैरहेको छ, तर पनि लोकदोहोरी क्षेत्रबाट अलग हुन सक्दीन ।

मोडलिङमा पनि उत्तिकै रुची राख्ने प्रमिला पछिल्लो समय लोक दोहोरी कलाकारको क्रेज घटेको र श्रोता दर्शक पनि घटको बारे भन्छिन– पहिला जस्तो छैन । पहिला जिल्ला जिल्लामा कार्यक्रममा जादा दर्शकहरुले गरेको सम्मान अझै ताजा रहेको भन्दै त्यहि सम्मानले अलेपनि लोकदोहोरी क्षेत्रमा रमाइरहेको उनी बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्