श्रीदेवीको निधनपछि सबै सन्तानका साथ बस्न चाहे बोनी



बलिउड हस्ती बोनी कपुरको पत्नीहरू अभिनेतृ स्व. श्रीदेवी र स्व. मोनाको तर्फबाट दुई÷दुई बच्चा छन्। बोनीका दुवै पत्नी अब यो दुनियाँमा छैनन्।

पहिलो पत्नी मोनाको तर्फबाट अर्जुन कपुर र छोरी अंशुला रहेका छन् भने दोस्री श्रीमती श्रीदेवीबाट छोरीहरू जान्वी र खुसी रहेका छन्। हाल बोनी आफ्नो छोरीहरू खुसी र जान्वीसँग बस्छन् भने अंशुला र अर्जुन अर्कै घरमा बस्छन्। श्रीदेवीको निधनले शोकाकुल बन्न पुगेका बोनी हाल एक्लो महसुस गरिरहेका छन्।

यति बेला छोरा अर्जुन कपुर अगाडि बढेर बोनीलाई साथ दिइरहेका छन्। उनी खुसी र जान्वीको साथ पनि देखिएका छन्। यसभन्दा अघि अर्जुन र अंशुलाले सायदै खुसी र जान्वीका साथ कुराकानी गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार अब श्रीदेवीको निधनसँगै उनको चारै सन्तानबीचको दूरी सकिएको छ। यस बेला बोनी आफ्नो सबै सन्तानका साथ एकै छतमुनि बस्न चाहन्छन्।

एक बलिउड अनलाइनले सूत्रलाई उद्धृत गर्दै लेखेको समाचारमा बोनीले यही बेला आफ्ना सबै सन्तानका साथ सँगै बस्ने निधो गरेका छन्। बोनी जान्वी र खुसी तीनै जना अर्जुन–अंशुलाको घरमा सिफ्ट हुनेछन् र एक परिवार बनेर सुख–दुःख बाँड्ने छन्।

प्रतिक्रिया दिनुहोस्