काँग्रेसले बढायो भाऊ



प्रमुख प्रतिपक्षी दल काँग्रेस सरकारको विरोध गर्दै सडकमा उत्रिया छ । मंगलबार उसले काठमाडौं सहित मुलुकका अधिकांश भेगमा नेता कार्यकर्ता उता¥यो । नेताले दावी गर्दै भने–‘मुलुकभर विशाल प्रर्दशन भयो, सरकारलाई जसरी हुन्छ घुँडा टेकाउँछौ ।’ काँग्रेसको यस्तो दावी सुन्दा देख्दा ढिलै भएपनि मुलुकमा प्रतिपक्षी दल पनि रैछ भन्ने लाग्यो ।

अनि काँग्रेसले दावी गरे झैं काठमाडौंमा विशाल प्रर्दशन होला भन्दै धरहराले निकै चासो बढायो । उपत्यकाका धेरै ठाउँमा दुरविन पनि घुमायो, तर दावी अनुसार विशाल हैन, प्रर्दशन त विजोग पो रैछ । अपेक्षा ग¥या भन्दा धेरै कम कार्यकता सडकमा झण्डा हल्लाउँदै थिए । तै पनि भन्दै थिए–‘दुई तिहाईको दम्भ तोड्छौ, सरकारलाई घुँडा टेकाउछौ, अधिनायकवाद सरकार मुद्र्धावाद, शाही शैली मुद्धावाद ।’

‘सरकार फलानो जस्तो’, ‘ओलीको शैली राजा–महाराजा जस्तो’ भन्दै मन्त्री र प्रधानमन्त्रीको भाऊ बढाएपछि उनीहरु पक्कै गजक्क प¥या होलान् । ‘काम गर्न नसकेपनि जनतालाई सपना बाढ्न छोड्नु हुन्न हाम्रो बजार भाऊ राम्रै रैछ’ भन्दै उनीहरु एक आपसमा कानेखुशी गर्दै दङ्ग मख्ख परेको देख्दा धरहरा चाहिँ छक्क पर्न थाल्या छ ।

प्रतिक्रिया दिनुहोस्