एनआईसी एसिया बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब बैंक ग्राहकले बैंकको २३३ वटै शाखाबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्नु सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नुभयो ।

 

बैंकको २३३ शाखा कार्यालय, २२२ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब तथा कुल कर्जा करिब १२१ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्