नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवद्र्धनका निम्ति अन्तरक्रिया



काठमाडौं, (नेस)
नबिल बैंकले शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा सो कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

उक्त अन्तत्र्रिmया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्देश्य शैक्षिक परामर्श दातालाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषता, ऋण योग्यता परीक्षण, कर्जाको लागि आवश्यक कागजात तथा कर्जा प्रदान गर्ने प्रक्रियाको बारे सँचित गराउनुका साथै शैक्षिक कर्जा प्रक्रिया अझ सरल र सहज गराउन सुझाव संकलन समेतको उद्देश्य राखिएको थियो ।

कन्ज्यूमर लेन्डिङ विभागद्वारा आयोजित उक्त कार्यक्रममा विभाग एवं बैंकका उच्च पदस्थ व्यवस्थापकसमेतको अन्तक्र्रियामा सहभागी भएको थियो । सो कार्यक्रमको उद्घाटन नबिल बैंकका अध्यक्ष श्री शम्भू प्रसाद पौड्यालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्