उपराष्ट्रपति कपको उपाधि एपिएफलाई



काठमाडौँ ।
उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा०को खेल मैदानमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

जीतसँगै एपिएफले १२ अंक बटुल्यो । प्रतियोगितामा एपिएफ अपराजित टोली हो । एपिएफले यसअघि नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थियो ।

एपिएफको जीतमा सावित्री भण्डारीले ह्याट्रिक पूरा गरिन् । उसका लागि खेलको ४१औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको एपिएफले दोस्रो हाफमा दुई गोल थप्यो ।

यता आर्मीकी पुनम जर्घा मगरले खेलको ४९औँ मिनेटमा एक गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन्, तर पनि त्यो लामो समयसम्म टिक्न सकेन ।

एपिएफकी सावित्राले खेलको ५४औँ मिनेटमा अर्को गोल गर्दै एपिएफलाई पुनः २–१ को अग्रता दिलाइन् । त्यस्तै खेलको ८२औँ मिनेटमा फेरि सावित्राले एक गोल थप्दै ह्याट्रिकका साथै एपिएफलाई ३–१ को जीत दिलाइन् ।

उपाधिसहित एपिएफले रु दुई लाख हात पा¥यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले रु एक लाख पायो । त्यसैगरी तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले रु ५० हजार पायो ।

यही साउन ७ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको सहभागिता थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्