संगठित भए होमस्टे संचालकहरु



मोतीराम तिमल्सिना, काभ्रे ।
होमस्टे एशोसिएसन नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा प्रदेश नं ३ स्तरीय एक दिने होमस्टे प्रोफाईल निर्माण तथा प्रदेश स्तरीय समिति गठन भएको छ ।

होमस्टे संचालकहरुले विभिन्न देशबाट भित्रने पर्यटकहरुलाई सेवा दिन ग्रामिण भेगमा खुलेका होमस्टेहरुका बारेमा जानकारी दिन र होमस्टे ब्यवसायलाई प्रर्वद्धन गर्न माग गरेका छन् । धलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३ नंम्बर प्रदेश स्तरिय होमस्टेका संचालकहरु सहभागि थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल आफैमा पर्यटयिक नगरी भएकाले ठुला ठुला होटलहरुको आगमन र बृद्धी सँगै ग्रामिण भेगमा होमस्टेले पाहुनाहरुको सत्कार र पर्यटकहरुलाई प्राकृतिक हिसावले समेत सन्तुष्ट प्रदान गर्न सकिने बताए । नगरपालिकाले होमस्टेको अवधारणालाई सहयोग पु¥याउने प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा वडा अध्यक्ष विष्णु धितालले वडामा रहेको होम स्टेलाई नेपालमै नमुना बनाउन र होमस्टे मार्फत स्थानीय नागरिकहरुको आय श्रोत बृद्धी गर्न वडाले योजना बनाईरहेको बताए ।

कार्यक्रममा होमस्टे एशोसिएसन जिल्लाका अध्यक्ष केशव बडालले जिल्लामा रहेका होमस्टेहरुको विकास र होमस्टे मार्फत आर्थिक सम्वृद्धीका लागि पहल भईरहेको बताए । होमस्टे एशोसिएसनको तीन नम्वर प्रदेश स्तरीय भेलाले बाबुराजा महर्जनको अध्यक्षतामा तर्दथ समित गठन गरेको छ । महर्जन होमस्टे नेपाल किर्तिपुरमा आवद्ध छन् । त्यस्तै समितिमा उपाध्यक्ष संगीता श्रेष्ठ, पनौती सामुदायीक होमस्टे, पनौतीm सचिव गोविन्द प्रसाद हुमागाँई, बल्थली सामुदायीक होमस्टे, बल्थली, उपसचिव अनिमा भट्टराई, अनिमा होमस्टे, कोषाध्यक्ष निरन्जन थापा, सुनाकोठी सामुदायीक होमस्टे, सुनाकोठी रहेका छन् । सदस्यहरुमा कमल नेपाल, माउण्ट महाभारत होमस्टे, बेथानचोक, पम्फा श्रेष्ठ, ज्ञानमाला सामुदायीक होमस्टे, काठमाडौं, नारायण बहादुर तामाङ, पात्लेखेत सामुदायीक होमस्टे, धुलिखेल, सुवास बास्तोला, नगरकोट सामुदायीक होमस्टे, नगरकोट, सुवास बास्तोला, नगरकोट सामुदायीक होमस्टे, नगरकोट र वसन्त तामाङ, नागर्जुन सामुदायीक होमस्टे, नागर्जुन रहेका छन् ।

यस अघि पातलेखेत सामुदायिक होमस्टेद्वारा पाहुनाको बसाई लम्ब्याउन स्थानीय संस्कृति समेत जोगाउने र परम्परालाई जगाउने उदेश्यले विभिन्न कार्यक्रमहरु आयोवना गरिएको थियो । ६ वर्ष अघि देखि शुरु भएको पातलेखेत होमस्टेमा १८ घर परिवार छन् । ताईवानको इलिभ शहरबाट हरेक वर्ष ५ सय जति ताईवानीहरु होमस्टेमा आउने गरेका छन् । उनिहरुको बसाई लम्ब्याउन र उनिहरुलाई नेपालको संस्कृति, पहिचान र स्थानीय स्तरमा हुने विविध विषयमा जानकारी गराउन रोपाई कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष बडालले जानकारी दिए । होमस्टे कार्यक्रमले स्वरोजगारका साथै भाषा र संस्कृतिको समेत आदान प्रदान गरेको छ । सरसफाई, सभ्यता, परिवार भित्रका सदस्यहरुको अन्र्तराष्ट्रिय समुदायसँगको सम्वन्ध र ब्यवहार, स्थानीय उत्पादनको खपत र प्रर्वद्धन, अर्गानिक खेतिमा जोड र ब्यवसायीक तरकारी तथा खेति प्रणालीमा सहभागिता लगायतमा सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्