सुधारिएको चुलोका कारण महिलाहरुको जीवनस्तरमा सुधार



सरोज यादव, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकाका महिलाहरुको जीवनस्तरमा सुधार आएको छ । लामो समयदेखि परम्परागत चुलो प्रयोग गर्दै आएका उनीहरुलाई सुधारिएको चुलोका कारण अहिले सहज भएको छ ।

परम्परागत चुलोका कारण उनीहरु धेरैलाई खाना पकाउन धेरै समय लाग्थ्यो भने अर्कातर्फ धुँवाका कारण हुने विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगबाट उनीहरुले मुक्ति पाएका छन् । मोरङको धनपालथानलाई धुँवामुक्त गाउँपालिका बनाउने अभियान सुरु भएको छ । गाउँपालिकाले धनपालाथानभित्र परम्परागत चुलो प्रयोग गर्दै आएकाहरुलाई सुधारिएको चुलो वितरण गर्ने कार्य सुरु गरेको छ ।

सुधारिएको चुलोमा खाना पकाउन थालेपछि जीवनयापनमा सहज भएको स्थानीयबासीले बताएका छन् ।
लामो समयदेखि परम्परागत चुुलोको प्रयोग गर्दै आएका मोरङका ग्रामीण
भेगका महिलाहरु सुुधारिएको चुुलोतर्फ आकर्षित हुुन थालेका हुन् । पराम्परागत रुपमा प्रयोग गर्दै आएका चुुलोका कारण निस्कने धुुँवाले
स्वास्थ्यमा प्रतिकुूल असर पर्न थालेपछि सुुधारिएको चुुल्होप्रति ग्रामीण
महिलाको आकर्षण बढेको हो ।

मोरङ धनपालथान गाउँपालिका ४ की सुुशीला ऋषिदेवले सुुधारिएको चुुल्हो प्रयोग गर्न थाल्नुुभएको एक महिना भयो । चुुल्हो प्रयोग गरेपछि घरमात्र होइन गाउँनै धुँुवामुुक्त भएको उहाँको भनाइ छ । यसैगरी सोही ठाउँकी दुुखनीदेवी ऋषिदेवले पनि सुुधारिएको चुुल्होको प्रयोगले आँखा बिझाउने र धँुुवा लाग्ने समस्या अन्त्य भएको बताउनुुभयो ।

धनपालथानले गाउँपालिकालाई धँुुवामुुक्त बनाउने घोषणासँगै
गरिब, दलित एकल तथा अति विपन्नवर्गका सात सयभन्दा बढी महिलालाई धँुवारहित सुुधारिएको चुुलो वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले धुँुवाका कारण हुुने स्वास्थ्य समस्या आउन नदिन गाउँपालिकाले सुुधारिएको चुुल्हो वितरण गरेको बताउनुुभयो ।वडा नम्बर ४ का वडाध्यक्ष रोशन राजवंशीले सुुधारिएको चुुलो वितरण गरेपछि वडाका महिलाहरुको जीवन सहज भएको बताउनुभयो ।

एउटा चुुल्होको मूल्य २ हजार २ सय रुपैयाँ पर्छ । त्यसमध्ये वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले १ हजार ५ सय, गाउँपालिकाले ४ सय रुपैयाँ व्योहरेको छ । एउटा चुुलोका लागि उपभोक्ताले ३ सय रुपैयाँमात्र व्योर्हनुुपर्ने गाउँपालिकाले जनाएको छ । मोरङको दक्षिण ग्रामिण क्षेत्रका महिलाहरु अझै पनि परम्परागत रुपमा माटोको चुलो प्रयोग गरिरहेका छन् ।

त्यसलाई विस्थापित गर्न धनपालथान गााउँपालिकासहित कटहरी तथा जहदा गाउँपालिकाले पनि सुुधारिएको धुुँवारहित चुुलो वितरण अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्