जिल्लामा अलैँचीका ६ लाख विरुवा विक्री, आधा जिल्ला बाहिर गए



नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा यस वर्ष अलैँचीका ६ लाख विरुवा विक्री वितरण भएको छ । त्यो संख्यामा आधा विरुवा अर्थात ३ लाख जिल्ला बाहिर गएको हो ।

यो वर्ष विभिन्न संस्था तथा कार्यक्रम मार्फत जिल्लामा उत्पादन भएका ६ लाख विरुवाको विक्री वितरण भैसकेको नेपाल अलैंची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताउनु भएको छ । उहाँका अनुसार एकिन विवरण अबको साता दश दिन पछि आउँछ । आजका मितिसम्म मोटामोटी रुपमा जानकारीमा आएको तथ्यांक हो यो तामाङले भन्नुभयो ।

उहाँका अनुसार कृषकहरूलाई विरुवा भएको ठाउँमै पुगेर नर्सरीबाट ३२ महिनाका अलैंचीका बिरुवा वितरण गरिएको हो । जिल्लाबाट विक्री भएका ती सबै विरुवा प्रतिगोटा ८ रुपैयाँको मूल्य निर्धारण गरिएको छ । सबैभन्दा ठूलो संख्यामा प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना अलैँची जोन कार्यक्रम अन्तरगत २ लाख विरुवा जिल्लामा वितरण गरिएको सो परियोजनाको संयोजक समेत रहनु भएका नेपाल अलैंची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताउनु भएको छ ।

उहाँका अनुसार ती विरुवा किसानका लागि ५० प्रतिशत सहुलियतमा वितरण गरिएको हो । त्यो परियोजनाको कार्यक्षेत्र बेसीशहर नगरपालिका– १० र ११ वडा तथा अन्य गाउँपालिकाहरू दूधपोखरी, दोर्दी, मस्र्याङ्दी र क्ब्होलासोथरका किसानलाई वितरण गरिएको हो ।
यसैगरी, अर्को एक कार्यक्रमबाट जिल्लाका अलैंची कृषकलाई २५ हजार अलैंचीका बिरुवा निःशुल्क वितरण गरिएको पनि तामाङको भनाई छ ।

उहाँका अनुसार संयुक्त राष्ट्रसंघीय विकासकोे आर्थिक सहयोगमा ग्रामिण युवा सरोकार केन्द्र तथा दिगो अनुसन्धान तथा बिकास केन्द्र र नेपाल अलैंची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङको समन्वयमा ती विरुण वितरण गरिएको हो । ती विरुवा अलैँची समूह मार्फत वितरण गरिएको तामाङले बताउनु भयो । उहाँका अनुसार बेसीशहर नगरपालिका– १० बाझखेत स्थित सादोमे्रद्रो अलैंची कृषक समूहलाई ३ हजार, सोही न.पा.– ११ चितीको चितुवाबनका कृषकहरूलाई १ हजार ५ सय, सोही वडाको स्याउतका कृषकलाई २ हजार अलैंचीको बिरुवा वितरण गरिएको छ ।

यसैगरी, दोर्दी गाउँपालिका– ८ दोभानखोला अलैंची कृषक समूह र सोही गाउँपालिका– ७ स्थित सिम्ली अलैंची कृषक समूह र सोही गापा– ६ ढोडेनी कोपोडाँडा कैदों अलैंची कृषक समूहलाई ३ हजार ५ सयकादरले लाई ३ हजार ५ सय, लाई ३ हजार ५ सय अलैंचीको विरुवा वितरण गरिएको छ ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिका– ७ छिनखोला अलैंची कृषक समूहर सोही वडाको लुदी अलैंची कृषक समूहलाई ४÷४ हजारका दरले नर्सरी अलैंची बिरुवा बिरुवा वितरण गरिएको हो ।

जिल्लामा ९ सय ८६ हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती लगाइएको छ । त्यसमध्ये ६ सय ५० हेक्टर क्षेत्रफलबाट अलैंची उत्पादन भैरहेको छ । यस जिल्लाका कृषकहरूले यो बर्ष जिल्लामा अलैंचीका २० लाख नर्सरी बिरुवा उत्पादन गरेको नेपाल अलैंची ब्यवसायी महासंघ जिल्ला शाखाले जनाएको छ ।
विरुवाको फोटो छ ।

प्रतिक्रिया दिनुहोस्