रक्तसञ्चार सेवाको ५२औं वर्ष



मानव सेवा नै धर्म हो। रक्तदान जीवन दान, एक थोपा रगको महŒव कति हुन्छ भन्ने सन्देश बोकेर नेपालमा रक्तसञ्चार सेवाको शुरूआत भएको ५२ वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले सहयोग र सदभावको सामाजिकरूपमै खुलेर प्रशंसा गर्दै ५२औं वर्ष मनाएको छ।

आर्थिक वर्ष २०७४÷०७५ मा २ लाख ६२ हजार ४ सय ३९ युनिट रगत संकलन गरिएको र ३ लाख ४४ हजार ९ सय ३३ युनिट रगत तथा रक्ततŒव बिरामीलाई उपलब्ध गराइएको छ। २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र सञ्चालन हु“दाको वर्ष जम्मा १ सय ५७ युनिट रगत संकलन गरिएको थियो। नेपालमा रक्तसञ्चार सेवाको ५२औं स्थापनाको दिनमा पुल्चोकमा आयोजित मूल कार्यक्रममा उक्त जानकारी दिइएको हो।

संकलित करिब एक चौथाइ रगत काठमाडौं उपत्यकामा नै वितरण हुने गर्दछ।
केन्द्रीय रक्तसञ्चार व्यवस्थापन समितिका सभापति डा. युवराज शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेरेसोका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो– ‘अहिले नेपालका ७३ जिल्लाका १ सय ८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइको स्थापना भएको छ। सेवा तथा उत्पादनको उच्च गुणस्तर कायम राख्न नेपाल रेडक्रस सोसाइटी प्रयत्नशील छ।’ उहा“ले लागतको आधारमा रगत उपभोक्ताले शुल्क तिर्नुपरेको वर्तमान अवस्थामा नेरेसोले आफ्नो कोषबाट रक्तसञ्चार सेवाको लागि वार्षिक डेढ करोड अतिरिक्त खर्च बेहोर्नुपरेको अवस्था बता“उदै सरकारको सहयोग बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालाका प्रमुख हरिश्चन्द्र उप्रेतीले विगत ५२ वर्षदेखि नेपाल रेडक्रसले रक्तसञ्चारमार्फत जीवन जोगाउने सराहनीय काम गरेको उल्लेख गर्दै रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूरा सहयोग हुने जानकारी गराउनुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य नरोत्तम वैद्य, आईसीआरसीका प्रमेश पौडेल, आईएफसीका जुजा किम, नेरेसोका उपाध्यक्ष अजितकुमार शर्मा, महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, ब्लोदानका कार्यवाहक अध्यक्ष रमेशध्वज बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अतिरिक्त विराटनगर, पोखरा, नेपालगन्ज, कैलाली र चितवन गरी ५ स्थानमा क्षेत्रीय रक्त सञ्चार सेवा सञ्चालन भइरहेको जानकारी नेरेसोका सञ्चार अधिकृत दिव्यराज पौडेलले दिनुभयो। पौडेलले भन्नुभयो– ‘२२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालमा रक्त सञ्चार सेवा एकाइको स्थापना गरी रक्त सञ्चार सेवा प्रदान गरिएको छ।’

सम्मान तथा पुरस्कार वितरण
रक्तदाता उत्प्रेरणा तथा रक्तसंकलन कार्यमा सक्रिय हुने संघसंस्थालाई सो अवसरमा सम्मान गरिएको छ। सम्मानित हुनेमा नियमित साप्ताहिक रक्तसंकलन गर्ने पशुपति मारवाडी सेवासंघ, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, लायन्स क्लब अफ चाबहिल तथा रेडक्रसका चाबहिल उपशाखा रहेका छन्।

त्यस्तै वर्षभरिधेरैपटक रक्तदान आयोजना गर्ने तथा धेरै युनिट रक्तसंकलन गर्ने ब्लड डोनर्स एसोसिएसन अफ नेपाल, स्वयंसेवी रक्तदाता समाज, फ्रेन्डस अफ आरएच नेगेटिभ, लायन्स क्लब अफ लालीगुरा“स, दीर्घायु अस्पताल, नेपाल रेडक्रस सोासइटी महाबौद्ध उपशाखा, चाबहिल उपशाखा, गणबहाल उपशाखा, ब≈मटोल उपशाखा, फ्रेन्ड्स क्लब अफ बलम्बु, सत्यसाई सेवा संगठन, लायन्स क्लब, ट्रिनिटी कलेज, हेड्स नेपाललगायत छन्।

स्वैच्छिक र अवैतनिक रक्तदान
रक्त संकलन स्वैच्छिक र अवैतनिक रक्तदानमा आधारित बनाइएको रेडक्रसका रक्तसञ्चार प्रमुख डा. मनिता राजकर्णिकारले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनुभयो।

नेपालको रक्तसञ्चार सेवाको पहिलो १५ वर्ष रगतको किनबेच गर्ने पेसेवर व्यक्तिबाट, मजदुरबाट रगत संकलन ज्यादा हुने गर्दथ्यो। २०३९÷०४० सालदेखि त्यस्ता व्यक्तिबाट रगत नलिई स्वयंसेवी रगतदाताको संख्यामा वृद्धि गरी रगत संकलनलाई तीव्रता दिइएको थियो। त्यसपश्चात्, संस्थागतरूपमा रक्तदान गर्नेहरूको अभिरुचिमा वृद्धि भएको छ र अहिले विभिन्न संघसंस्था तथा निकायद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रमबाट रगत संकलन बढ्दै गइरहेको छ।

केन्द्रीय रक्त सञ्चार केन्द्रको तथ्यांकअनुसार यस वर्ष केन्द्रीय सेवा केन्द्रमा जम्मा ६२ हजार ३ सय युनिट रक्तसंकलन भएकामा ५० हजार ६ सय युनिट रगत स्वयंसेवी रक्तदाताबाट संकलन गरिएको हो। यसरी अझै १८ प्रतिशत रगतका लागि सेवा बिरामीका आफन्त वा साथीबाट सोधभर्ना गर्नुपरेको अवस्था छ। तर रक्त विवरणको तथ्यांक हेर्दा सोधभर्ना गरी वितरण गरिएको करिब १२ प्रतिशत छ।

महिला रक्तदाता अझै कमी
केन्द्रीय रक्त सञ्चार सेवाद्वारा ६२ हजार ३ सय ५३ युनिट रक्त संकलन गरिएको मध्ये ५२ हजार २ सय ८५ युनिट पुरुष रक्तदाताबाट र १० हजार ६८ युनिट महिला रगतदाताबाट संकलन भएको छ। प्रतिशतमा ८३ दशमलव ८५ पुरुष र १६ दशमलव १५ महिला हुन आउ“दछ।

नेगेटिभ रगत समूह ३ प्रतिशतको हाराहारीमा
यस वर्ष गरिएको रगत समूहको विश्लेषणअनुसार नेपालभरमा ३ दशमलव १० प्रतिशत मानिसको रक्तसमूह ए, बी, ओ र एबी नेगेटिभ रहेको छ। तर, उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने मानिस २ दशमलव ९ प्रतिशत छन्। सबैभन्दा दुर्लभ एबी नेगेटीभ समूह परेको छ जसको भार शून्य दशमलव ४२ प्रतिशत रहेको छ। यसवर्षका रक्तदातामध्ये एचआईभी पोजेटिभ हुने ६६ जना देखिएको छ। हेपाटाइटिस बी र सी देखिएका दाताको संख्या क्रमशः ४ सय ६६ र ३ सय ५१ रहेको छ।

संघसंस्थाको सहयोग बढ्दो
आर्थिक वर्ष २०७४÷०७५ मा नेपालभरि विभिन्न संघसंस्थाबाट ३ हजार ८ सय ३४ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको छ। जसमा केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १ हजार २ सय ९८ पटक र विभिन्न संघसंस्थाबाट घुम्ती रगत संकलन कार्यक्रम भएको छ।

हेमोफिलिया सोसाइटीका बिरामीलाई ३ सय १६ युनिट रगत तथा रक्ततŒव सहुलियत शुल्कमा उपलब्ध गराइएको छ। थालेसेमिया सोसाइटीका बिरामीलाई पनि २ हजार ३ सय ५ युनिट रगत तथा रक्ततŒव सहुलियत शुल्कमा उपलब्ध गराइएको छ।

रक्तसञ्चार सेवाका चुनौती बढ्दो
आधुनिक चिकित्साको विकाससँगै रगत र रक्ततŒवको माग पनि बढिरहेको छ। यसलाई परिपूर्ति गर्न बजेटसहितको राष्ट्रिय योजनाको खा“चो देखिएको छ। त्यस्तै, मानव जीवनस“ग प्रत्यक्ष सरोकार राख्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न निश्चित मापदण्डको प्रविधि तथा उपकरणको व्यवस्था गर्न कठिनाइ भइरहेको छ। नियमित सरकारी खर्च उपलब्ध भएमा मागअनुसार आपूर्ति गर्न र लागत खर्च परिपूर्तिको आधारमा सञ्चालित यस सेवाको शुल्कमा एकरूपता कायम गर्न सकिने कार्यक्रमका वक्ताले बताए।

प्रतिक्रिया दिनुहोस्