छक्का पञ्जा–३ को पहिलो नम्बर



मका हिसाबले लोकप्रिय सिरिज फिल्म छक्का पञ्जा–३ को पहिलो गीत पहिलो नम्बरमा सार्वजनिक भएको छ। लोकलयमा रहेको उक्त गीतमा दीपक शर्माको संगीत तथा डेभिड शंकर र विन्द परियारको स्वर रहेको छ भने शब्द राजेन्द्र थापाको रहेको छ।

हाइलाइट्स नेपालको यट्यब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको गीतमा फिल्मका सम्पर्ण कलाकार अटाइएको छ। दशैंमा रिलिज हुने फिल्मको गीतको भिडियोमा दीपकराज गिरीदेखि केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, प्रियंका कार्की, बुद्धि तामाङ, सुमन गिरी ‘भान्जा’, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइरालाको आकर्षक नृत्य रहेको छ भने फिल्मकी निर्देशक दीपाश्री निरौलाले पनि नृत्य गरेकी छिन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

आमा सरस्वती मुभिजको प्रस्तति रहेको फिल्म दीपाश्री निरौला, दीपकराज गिरी, सुमन गिरी ‘भान्जा’, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगार्इं, परुषोत्तम प्रधान, दीपेन्द्र खनिया तथा केशव न्यौपानेको निर्माण गरेका हुन्। दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा संवाद दीपकराज गिरी, जितु नेपाल, केदारप्रसाद घिमिरे र यमन श्रेष्ठको रहेको छ।

निर्देशक दीपाश्रीले फिल्मको पहिलो गीत खास हुनपर्ने भएकाले गीतमा सबै कलाकार राखिएको र नचाउने गीतका रूपमा तयार पारेको बताइन्। ‘सबैले राम्रो मेहनत गर्नुभएको छ भने गीतमा म पनि छु। हामीले फिल्मलाई यही वडादशैंमा दर्शकसमक्ष ल्याउ“दै छौं। अघिल्ला फिल्मको सिकाइले यसमा आफूलाई अझै परिस्कृत गर्ने प्रयास गरेका छौं।’ –उनले भनिन्।

त्यसै गरी अभिनेता तथा फिल्मका निर्मातामध्येका एक दीपकराज गिरीले अघिल्लो फिल्मभन्दा केही फरक गर्ने कोशिस गरेको र गीत पनि दर्शक तथा स्रोताको आशयअनुसार नै तयार गरेको बताए। ‘यो डान्सिङ नम्बरको गीतलाई राम्रो बनाउने कोशिस गरेका छौं, गीतलाई लिएर हामी निकै उत्साहित छौं।’ –उनले भने। फिल्मका अन्य कलाकारमा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट रहेका छन् भने दीपक शर्मासँगै अर्जुन पोखरेलको संगीत तथा कविराजस“गै प्रविन सिंहको नृत्य निर्देशन रहेको छ।

परुषोत्तम प्रधानको छायांकन निर्देशन रहेको फिल्मको छाया“कार मानकृष्ण महर्जन र शेरबहादुर लामा रहेका छन् भने रोशन श्रेष्ठको द्वन्द्व र विपीन मल्लको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्