लक्ष्मी बैंकको नयाँ शाखा सानेपामा



काठमाडौं, (नेस)
लक्ष्मी बैंकले उपत्यकाभित्र आफ्नो १७औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । नयाँ शाखासहित लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरुमार्फत विभिन्न जिल्लामा हाल २.६ अर्ब भन्दामाथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

बैंकको अर्को सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फन्ड–१ र लक्ष्मी इक्विटी फन्ड नामक म्युचुअल फन्ड योजना सञ्चालनमा ल्याएको छ ।

आव २०७४÷७५ मा ६७.७४ अर्ब निक्षेप र ६२ अर्ब रुपियाँ कर्जा प्रवाह गर्दै बैंकको वासलातको आकार ८१.३३ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्