एनसीसी बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंक्योरेन्समार्फत् ननलाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखाबाट लुम्बिनी जनरल इन्स्योरेन्सको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्