पुनर्निर्माण र पूर्वाधार विकासमा जापानले सहयोग गर्ने



नेपाल समाचारपत्र, काठमाडौं
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच सोमबार शिष्टचार भेटवार्ता भएको छ । भेटमा राजदँत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।

राजदूत साइगोले नेपालको पूर्वाधार विकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको भन्दै शहरी विकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पूर्वाधार विकासमा थप सहयोग विस्तार गर्ने बताउनुभयो ।
भेटमा मन्त्री राईले नवनियुक्त राजदँतका रुपमा नेपाल आएकोमा बधाई दिँदै उहाँको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताउनुभयो । उहाँले कुलेखानी जलविद्युत् आयोजना र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुरयाएको विकास योगदान आफैंंमा विशिष्ट रहेको भन्दै काठमाडौं उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्च मँल्याङकन गर्नुपर्ने बताउनुभयो ।

भँकम्पपछिको पुनर्निर्माणमा जापानले खेलेको भँमिका अन्यन्तै महत्वपूर्ण रहेको भन्दै मन्त्री राईले आगामी दिनमा थप समन्वय गर्दै अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदँत बेन्नी ओमेरबीच पनि सोमबार भेटवार्ता भएको छ ।

भेटमा ऊर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गर्नुभयो ।

मन्त्री पुनले भन्नुभयो–‘हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ, अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत् नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु ।’

 

त्तयस क्रममा राजदूत ओमेरले ऊर्जा र सिँचाइको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताउनुभयो । उहाँले ऊर्जामा लगानीको लागि इजरायलले साझेदार खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफँहरु तयार रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्