एनआईसी एसिया बैंक र ओम हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पँर्ण ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र हस्पिटलको तर्फबाट म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गर्नुभयो ।
बैंकको मुलुकभर २३३ शाखा कार्यालय, २२१ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब तथा कुल कर्जा करिब ११९ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्