पाकिस्तान: अगस्ट ११मा सपथ



पेशावर (एजेन्सी)
इमरान खानले अगस्ट ११ मा पाकिस्तानको नयाँ पधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने बताएका छन् । जुलाइ २५ मा सम्पन्न आम चुनावमा ६५ बर्षिय खानको नेतृत्वमा रहेको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठुलो पार्टीका रुपमा उदय भएको हो ।

यद्यपी पीटीआईसँग सरकार बनाउन आवश्यक बहुमत भने छैन । पाकिस्तानको ३ सय ४२ सिटको नेसनल असेम्बलीमा २ सय ७२ सिटका लागि प्रत्यक्ष निर्वाचन हुने गर्छ । निर्वाचित २ सय ७२ मा सरकार बनाउन १ सय ३७ सिट हासिल गरेको हुनु पर्छ । सदनमा ६० सिट महिलाका लागि र १० सिट धार्मिक अल्पसंख्यकका लागि आरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्