मलेसिया: बेपत्ता विमानको प्रतिवेदन



क्लालालम्पुर (एजेन्सी)
चार बर्ष अगाडी बेपत्ता भएको मलेसियाली एयरलाइन्सको उडान एमएच३७०सँग सम्बन्धित घटनाको जाँच गरिरहेका अनुसन्धानकर्ताहरुले सोमबार प्रतिवेदन जारी गरेको छ । प्रतिवेदनमा उक्त वोइङ ७७७ विमानको कन्ट्रोलसँग जानीजानी सम्पर्क विगारेको र विमानलाई तय रुटबाट अलग रुटमा लिएर गएको उल्लेख गरिएको छ ।

तर सम्पर्कमा भएको उक्त गडबडीका लागि को जिम्मेवार छ भन्ने निक्र्यौल गरिएको छैन । मलेसियाली र अन्तराष्ट्रिय जाँचकर्ताहरु उक्त बोइंग मार्ग परिवर्तन गर्न तय रुटबाट हजारौं माइल टाढा गलत मार्गबाट जानुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्