बुझ्नै गाह्रो



काठमाडौंबासीलाई चिने पनि बुझ्न धेरै गाह्रो छ । टोलबस्ती सरसफाइ, ढल मर्मत र अन्य सार्वजनिक कार्यक्रममा जुट्नुप¥यो भने धेरै व्यस्त हुन्छन्, हप्तौंसम्म उनको कार्यसूची प्याक हुन्छ । तर भोजभतेर र फेमेली पिकनिक जानुप¥यो भने तत्कालै फुर्सद मिल्छ ।

साधुसन्त र अन्य दीनदुःखी दक्षिणा माग्न टोलबस्तीमा आउँदा काठमाडौंबासी घरभित्रै गुपचुप रहन्छन् । त्यस्तो अवस्थामा घर मात्रै होइन, समग्र टोल नै सुनसान झैं हुन्छ । अनि घरभित्र चाहिँ भगवान्को आरधना, जयजयकार र पूजापाठ चलिरहन्छ । आजकल त फेसबुक र अन्य सामाजिक सञ्जालले पनि निकै व्यस्त बनाएको छ सहरबासीलाई ।

तर टोलबस्तीमा २÷४ दिन फोहोरवाला झुल्किएन भने चाहिँ सहरबासीका आँखा र कान टोलतर्फै तन्किन्छन् । फोहोरवाला आएको सुइँको मात्रै पाए भने राम्रोसँग सिठी नबझ्दै घरघरबाट फोहोरका पोका पन्तुरा झ्याइँकुटी पार्दै ग्वारग्वारर्ती बाहिरिन्छन् । त्यस्तो दौडधुप देख्दा लाग्छ, टोलबस्तीमा सरकारले ठूलै राहत प्याकेज बाढिरहेको छ । बुझी नसक्नु छ काठमाडौंबासीलाई ।

प्रतिक्रिया दिनुहोस्