सीमा पाँचौं मिसेस नेपाल आइकन



राजधानीमा सम्पन्न विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा सातदोबाटो ललितपुरकी सीमा भुर्तेलले मिसेस नेपाल आइकन–२०१८ चुनिएकी छिन्। एएनपी मिडिया हाउसद्वारा शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सीमा प्रमुख उपाधिका साथ मिसेस फोटोजेनिक र मस्ट ट्यालेन्ट उपउपाधि विजेतासमेत चुनिएकी छिन् भने प्रमुख उपाधि जितेबापत स्कुटर पुरस्कार प्राप्त गरेकी छिन्।

प्रतियोगितमा सरू अर्याल फस्ट रनर्सअपका साथमा फेसन आइकन र मस्ट डिर्जभिङ, अम्बिका थापा सेकेन्ड रनर्सअपका साथ बेस्ट स्पीच, दया शार्मा थर्ड रनर्सअपका साथ मिसेस कन्जिनियालीटी तथा प्रिया कार्की फोर्थ रनर्सअपका साथ मस्ट पपुलर र मस्ट फ्रेन्ड्ली भएका छन्। गीत–संगीत प्रस्तुतिको सांगीतिक माहोलका बीच सम्पन्न प्रतियोगितामा अनाकिका रञ्जितकार भिवर्स च्वाइस र मस्ट एक्टिभ, सानु तामाङ मस्ट र्याम वाक, सरिता सिग्देल मल्टी मिडिया च्वाइस र मस्ट इन्टिलेक्चुअल, सुष्मा पाठक बेस्ट स्माइल, राधिका थपलिया बेस्ट हेयर तथा जानकी बस्नेत बेस्ट स्किन र मस्ट पन्चुयल भएका छन्।

गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगान, नेपाल लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पूर्ण लामा र हिसानका अध्यक्ष युवराज शर्मा निर्णायक रहेको प्रतियोगितामा लक्ष्मी लुइँटेल आइकनिक आइज, बिना अधिकारी श्रेष्ठ मस्ट डिसिप्लेन, अनिता राना आले बेस्ट पर्सनालिटी, मेनुका बोगटी बेस्ट फिजिक र बेस्ट पर्फमर, कमला चुधारा मस्ट चार्मिङ, प्रज्ञा ढुंगेल मस्ट कन्फिडेन्ट, आशा थापा श्रेष्ठ मिसेस ब्युटिफुल, अमरावती बलामी महर्जन मेनेजमेन्ट च्वाइस र मस्ट इस्टाइलिस्ट, रूपाली पौडेल मस्ट पर्फेक्ट, अनिता चौधरी मस्ट पोजिटिभ एटिच्युट, चन्दा श्रेष्ठ बेस्ट डान्स र उमा श्रेष्ठ बेस्ट सिंगर भए।

शम्भुप्रसाद रेग्मीको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। गायक ध्रुव बिस्कोले पनि गीत–संगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विशेष अतिथि स्वास्थ्य तथा बालबालिका राज्यमन्त्री पद्माकुमारी अर्यालले विभिन्न व्यक्तिलाई सम्मान गरेकी थिइन्। गृहिणी, पेसाकर्मी तथा विभिन्न व्यवसायमा संलग्न तथा कलेजमा अध्ययनरत विवाहित नारीको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लवबहादर कार्कीले बताए। उनका अनुसार यस वर्षदेखि विजयी प्रतियोगीलाई स्कुटर पुरस्कारको व्यवस्था गरिएको हो। प्रतियोगिता काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्