ड्याट्सनको मेगा एक्स्चेन्ज विक



काठमाडौं, (नेस)
नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले साउन १० गतेदेखि १७ गतेसम्मको लागि देशभर एक्स्चेन्ज योजना ल्याएको छ । मेगा एक्स्चेन्ज विक नाम दिइएको यस योजनामा ग्राहकले आफू्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्ने छन् ।

नयाँ गाडी चढ्ने रहर भएकालाई ड्याट्सनले उच्चतम मूल्यांकनका साथमा पँरा गर्ने जनाएको छ। देशभरका शोरुममा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफू्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी ७५ हजार रुपियाँसम्मको एक्स्चेन्ज बोनस पनि पाउनुहुने छ ।

साथै १ लाख ७५ हजार रुपियाँसम्मको क्यास डिस्काउन्ट अनि अन स्पाट फाइनान्सिङको सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हरेक गाडीमा ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म सर्भिसिङ तथा १ वर्षको सडक कर पनि समावेश गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्