भारत: नयाँ नाम बांग्ला



कोलकाता (एजेन्सी)
भारताको पश्चिम बंगाल विधानसभाले दोस्रो पटक राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव अनुसार पश्चिम बंगालको नाम परिवर्तन गरि ‘बांग्ला‘ गरिनेछ । राज्य सरकारले अब उक्त प्रस्तावको स्विकृतिका लागि केन्द्र सरकार समक्ष पठाउनेछ ।

गत बर्ष अगस्ट २९ मा पनि ममता बनर्जी सरकारले विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । प्रान्तका मुख्यमन्त्री ममता बनर्जीले धेरै समयदेखि पश्चिम बंगालको नाम सबै भाषमा बांग्ला राख्नु पर्नेमा जोड दिँदै आइरहेकी थिइन् । प्रस्तावको आलोचना गरिरहेका भाजपाले राज्यको नाम ‘पश्चिम बंग‘ गर्नु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्