अमेरिका: पाँचको मृत्यु



लस एन्जलस (एजेन्सी)
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको आगोको चपेटामा एक महिला र दुई बच्चा सहित पाँचजनाले ज्यान गुमाएको छ । अन्य १७ जना बेपत्ता रहेको बताइएको छ । सास्टा काउन्टीमा तिब्र बेगको हुरी र भिषण आगोका लप्काका कारण रुखहरु ढलेको र कयौं गाडी पल्टेको जनाइएको छ ।

आगोका कारण कम्तीमा ५ सय भवनलाई क्षेति पुगेको र हजारौं घर खरानी बन्न सक्ने खतरा रहेको जनाइएको छ । आगलागीको चपेटामा परी हजुर आमा ब्लेडसो, पाँच र चार बर्षका दुई बच्चा एमिली रोबर्टस र जेम्सको मृत्यु भएको सेरी ब्लेडसोले बताए ।

प्रतिक्रिया दिनुहोस्