नर्वे: भालुको आक्रमण



ओस्लो,(एजेन्सी)
नर्वेको आर्कटिक क्षेत्रको द्विप समुह स्भाल्वार्डमा एउटा क्रुज जहाजका गार्डलाई आक्रमण गर्ने एक धु्रविय भालुलाई गोली हानी मारिएको प्रहरीले आइतवार जनाएको छ । टाउकोमा चोट लागेका ति गार्ड अहिले जोखिम मुक्त अवस्थामा रहेको अस्पतालको सुत्रले जनाएको छ ।

ति गार्डलाई पर्यटकहरुको सुरक्षाका लागि खटाइएको थियो । जर्मन क्रुज कम्पनी हापाग–लोयद क्रुजले आत्मरक्षाको लागि दोश्रो गार्डले गोली चलाएको स्पष्ट पारेको छ । ति घाइते गार्डलाई हेलिकोप्टरमा राखेर स्पित्वर्गेन टापुको लन्गिरवायन शहरको अस्पतालमा पु¥याइएको स्थानिय संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्