मार्जिन कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति



काठमाडौं । मार्जिन कारोबारका लागि बाटो खुला भएको छ ।

नेपाल राष्ट्र बैकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारोबारका लागि स्विकृति प्रदान गरेको हो । केन्द्रीय बैकले बाटो खोलिदिएसँगै अब नेप्सेले मार्जिन कारोबारलाई कार्यान्वयनमा लैजाने भएको छ ।

नेप्सेको माग अनुरूप केन्द्रीय बैकले मार्जिन कारोबार गर्ने कम्पनीले आँफूसँग अनुमति लिनु पर्ने प्रावधान सहित नेप्सेलाई कारोबार सुरु गर्न बाटो खोलिदिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुरु गर्न केन्द्रीय बैकसँग अनुमति मागेको थियो । मार्जिन कारोबार सम्बन्धि कार्यविधि अनुसार, नेप्सेमा सूचिकृत २९ कम्पनीको धितोपत्रमा मात्रै लगानीकर्ताले मार्जिन ऋण पाउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्