फिल्म चलाउन कंगनाको प्रार्थना



बलिउड नायिका कंगना रनावत यति बेला आफ्नो नयाँ फिल्म मणिकर्णिकाको सुटिङमा व्यस्त छिन्।

हालै उनले आफ्नो फिल्मको सफलताका लागि स्थानीय आदिशक्ति आश्रममा गएर पूजा गरेकी छिन्। उनले आफ्ना ती तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन्।

तस्वीरमा उनी ट्रेडिसनल लुकमा देखिएकी छिन्। पूजापाठपछि केहीबेर उनले फिल्मका लागि प्रार्थना गरेको भारतीय सञ्चार माध्यमले चर्चा गरेका छन्। केही वर्षयता उनको फिल्मले सोचेअनुरूप सफलता हासिल गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्