पैसा फेंक, तमाशा देख



नायिका, मोड तथा निर्मात्री छुल्ठिम गुरुङ आइटम सङमा देखिएकी छिन्। छुल्ठिम प्रदर्शनोन्मुख फिल्म मिस्टर भर्जिनमा आइटम सङमा देखिएकी हुन्।

पैसा फेक तमाशा देख बोलको आइटम सङमा छुल्ठिमलाई फिचरिङ गरिएको छ। यो आइटम सङमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र विजय बरालले पनि कम्मर भाँचेका छन्। गीतमा शशी रावल र राजेन्द्र भट्टको स्वर रहेको छ भने संगीत पनि गायक आफैंले भरेका छन्। गीतका शब्द टुरिस्ट जङ बिकेले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका छन्। गीतमा दीपक याम सिंहको नृत्य निर्देशन रहेको छ।

विशारद बस्नेत निर्देशित मिस्टर भर्जिनमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा, पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हीरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका छन्।

फिल्ममा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपकयाम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आरजेको संगीत रहेको छ। फिल्म वल्र्डवाइड फिल्म्स डिस्ट्रिब्युसन प्रालिको ब्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्