रेनीको लुक्स



त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म रेनीको प्रदर्शन मितिसँगै फस्टलुक सार्वजनिक गरिएको छ।

विमला मल्ल र सञ्जीव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित, दीपक ढकाल, गिरिश रिजालका साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन्। गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन्।

काठमाडौं उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्सन, लभ, कमेडीका साथै सामाजिक सन्देशयुक्त भएको निर्मात्री विमलाले दाबी गरेकी छिन्।

जयराम थापाले खिचेको फिल्मका गीतमा विनोद खुम्बु र पुष्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन्।

राजु किराँतको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी रहेको फिल्म भदौमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्