त्यस्तो भयो भने…



कमाउने विदेशिने लाहुरे बढ्न थालेपछि गाउँघर सुनसान बन्न थाल्या छ । बाध्यता भनाँै या रहरले हो, लाहुरेका श्रीमती पनि लाहुरे नै बन्या छन् । अर्थात् उनीहरु पनि श्रीमान्को थलोमा बस्न छोडेर सहर र सदरमुकाम रोज्न थाल्या छन् ।

छोरा–छोरी पढाउने र बढाउने बहानमा श्रीमति स्वदेशी लाहुरे बन्या छन् । उता गाउँघर पुरै सुनसान, गाउँघरमा कोही भेटिए पनि बुढापाका र केही अधबैशे मात्रै हुन्छन् । यस्तो क्रम तीब्र भएपछि दोलखाको बिगु गाउँपालिकाले बुहारीहरुलाई गाउँघरमै बस्ने वातावरण बनाउन शुरु ग¥या खवर छ ।

गाउँघरका विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने, अंग्रेजीमै अध्ययन अध्यापन शुरु गर्न योग्य र अनुभवी शिक्षक नियुक्त गर्ने योजना अघि सारिएको रैछ । गफ मात्रै होइन, शिक्षा क्षेत्रको सुधारका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपियाँ बिगु गाउँपालिकाले विनियोजन गरेको सुन्दा धरहरालाई पनि अब केही होला जस्तो लाग्या छ ।

गाउँघरमा छोरी चेली सुरक्षित बन्ने वातावरण बनाउने सुनिश्चित गर्ने अनि शैक्षिक गुणस्तरको सुधार्ने ग्यारेन्टी गर्ने हो भने बुहारी लाहुरेको संख्या पक्कै घट्छ । तर श्रीमान्कै नजिकका साथी, काठमाडौं र अन्यत्र सानो तिनो कमाइमा जुट्या अल्लारे र अध वैशेहरु खैं के के बहानामा गाउँघर धाउन थाले भने चाहिँ के गर्ने होला कुन्नी ?

प्रतिक्रिया दिनुहोस्