बोल्दा विचार पु¥याऔं



मन्त्रीको पद आफ्नै कमजोरीले फुत्केको ईतिहाँस खोज्न अरु देश जानै पर्दैन । नेपालमै यस्ता दाहरण काफि छन । भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।

बंगलादेशमा चिकित्सा विज्ञान अध्ययन गर्ने नेपाली महिलाबारे अस्वीकार्य, अपमानजनक र आपत्तिजनक अभिव्यक्ति दिएबापत उत्पन्न चौतर्फी आक्रोशलाई ध्यानमा राख्दै प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएपछि मन्त्री तामाङ राजीनामा दिन बाध्य भएका हुन् । तामाङले भनेजस्तो यो बिषय सानो कमजोरीलाई ठूलो बनाइएको बिषय होइन । बरु उनको नियत र बुझी नबुझी देखिएको आशयलाई केलाउँदा उनको अभिव्यक्तिको तुलनामा मन्त्री पद त्याग एउटा ठूलो अपराधमा दिइएको सानो दण्ड हो ।

तामाङले यसअघि खुला रुपमा न्यायपालिकाको मानमर्दन हुने र न्यायपालिका कार्यकारी मातहत भएको आशय लाग्ने अभिव्यक्ति दिएका छन्, मन्त्रीकै हैसियतमा । त्यो वक्तव्यप्रति ओलीको कुनै आपत्ति देखिएन, किनकि ओली स्वयम् न्यायपालिकाको मानमर्दनमा उत्रेका छन् । महान्यायाधिवक्ताको छनोट र गोपाल पराजुली प्रकरणमा न्यायालयमा देखा परेको दलीय गुटबन्दीमा अदृश्य हात थियो, बुझ्न कठीन छैन ।

त्यस बेला न्यायालयलाई खुलारुपमा आलोचना गर्दा प्रधानमन्त्रीसँग लाइन मिल्ने अवस्था थियो । डा. गोविन्द केसीको विरोध गर्दा पनि नम्बर बढ्ने बुझेका तामाङले असंयमित र अनियन्त्रित रुपमा नारी अस्मिता र त्यसले समग्र मुलुकलाई प¥याउने चोट अनि त्यसबाट भोग्नुपर्ने राजनीतिक क्षतिको अन्दाज गर्न सकेनन् । अझ विवादास्पद दुर्गा प्रसाईंसँग बोली र आशय मिलेकोमा उनी थप विवादमा धकेलिए । अब यसबाट सिक्नुपर्ने पाठ भनेको विचार पु¥याएर बोल्नु नै हो ।
– संजीव सापकोटा, उदयपुर ।

प्रतिक्रिया दिनुहोस्