बिदेश जानेको ९ लाख रुपैंयाँ बचाईदिए स्वयम्सेवकहरुले



रामधन राई, खोटाङ ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्यले खोटाङमा परिचालन गरिएको रिटर्नी स्वयमसेवकहरुले वैदेशिक रोजगारीमा जान तयार युवाहरुको ९ लाख रुपैंयाँ बचाईदिएको छ । स्वयकसेवकहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित ७ वटा वडावाट विदेश जान तयार युवाहरुलाई मेनपावर तथा ऐजेण्टले मागे भन्दा ८ लाख ९५ हजार रुपैंयाँ घटाउन सहयोग गरेका हुन् ।

नबकिरण सेवा समाज नेपाल दुर्छिमद्वारा सञ्चालित सुरक्षित आप्रवाशन परियोजना (सामी)ले परिचालन गरेको रिटर्नी स्वयमसेवकहरुले वैदेशिक रोजगारीमा जानका लागि मागिएको रकम घटाईमाग्न सकिने बताएपछि उक्त रकम बचेको हो । बिदेशबाट फर्कीएर आएको रिटर्नीहरु परिचालन गरे पछि भएको हो । नगरपालिकामा परिचालित ७ जना रिटर्नीहरुले एक बर्षको अवधिमा आफ्नो वडाहरुबाट बिदेश जानेहरुको, बिदेश जादा लाग्ने पैसा घटाउनको लागि बिभिन्न तरिकाहरु सिकाएका थिए । त्यसका साथै स्वयमसेवकहरु आफै समेत ऐजेन्ट तथा मेनपावरसँग रकम घटाईमाग्न खटिएको रिटर्नी स्वयमसेवकहरु सुनाउँछन् ।

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै रोजगारीको सिर्जना गर्ने प्रण गरेका रिटर्नी स्वयमसेवकहरुले वैदेशिक रोजगारीमा जान तयार युवाहरुको घरघरमा पुगी रकम घटाउन सकिने बारे बताएको राईको भनाई छ । स्वयमसेवकहरुले आफुले पाउने तलबले बिदेश जाँदा लाग्ने रकम एक वा दुई महिनामा तिर्न सके मात्र बिदेशमा कमाई हुन्छ भन्ने कुरा सम्झाई बुझाई गरेका थिए ।
जति धेरै पैसा घटाउनको लागि ‘बार्गेनिङ’ ग¥यो तेति नै पैसा घटाउन सकिने नेर्पाका रिटर्नी स्वयम् सेवक जगनाथ आचार्य बताउनुहुन्छ । गाउँघरबाट बिदेश जाने भने पछि ऐजेन्ट, मेनपावरले जति पैसा माग्यो त्यती नै दिने चलन भए पनि पछिल्लो समय त्यो चलन फेरिएको स्वयमसेवक आचार्यको भनाई छ ।

‘जतिसक्दो पैसा घटाएर मात्र बिदेश जावस भन्ने लागेर हामी वडामा घरदैलो गरिरहन्छौं ।’ खाल्लेका रिटर्नी स्वयमसेवक रामकुमार श्रेष्ठ बताउनुहुन्छ–‘हामीले सरकारले फ्रि भिषा फ्रि टिकट लागु गरेको जानकारी गराएपछि कतिपय फ्रि भिषा फ्रि टिकटमा पनि विदेश गएका छन् ।’

१ बर्षको अवधिमा ७ जना रिटर्नीहरुले ३ सय ३२ जना सम्भावित आप्रवासीसँग प्रत्यक्ष ब्यक्तिगत भेटघाट तथा ३ सय ७७ वटा घरभेट गरी सुरक्षित बैदेशिक रोजगार सम्बन्धि छलफल गरेको बताईएको छ । रिटर्नी स्वयमसेवकहरुले सुचना तथा जानकारीका साथै परियोजनाले दिने निशुल्क सिप तालिम, कागजपत्रका महत्व, आदिको बारेमा समेत जानकारी गराउँदै आएका छन् ।
रिटर्नी स्वयम् सेवकहरुले आ–आफ्नो वडाहरुलाई सुरक्षित बैदेशिक रोजगारयुक्त वडा बनाउन जुटिरहेको परियोजनाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्