नगदी रसिदबिना कर असुल्दै भन्सारका कर्मचारी



अर्जुन बोहरा, हुम्ला
हुम्लाको उतरी हिल्सा नाकाबाट तिब्बतमा पैठारी हुने सामानको यारी भन्सार कार्यालयले नगदी रसिदबिना कर लिने गरेको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यारी भन्सार कार्यालयका कर्मचारीले रसिदबिना कागजी टुक्रमा छाप लगाएर कर असुल्ने गरेको छन्। व्यापारीले भन्सार कार्यालयबाट नै चिट सिस्टममा नक्कली कर तिरेको रसिद लिनु परेको स्थानीय नाम्खा गाउँपालिका व्यापारी तेन्जिङ लामाले बताउनुभयो। व्यापारी लामा आफंैले हिल्सा नाका हुँदै तिब्बतको ताक्लाकोटसम्म ४ लाख रुपियाँ बराबरका चाँदीले मोडेको भाँडा बिक्री गरेका थिए। भ्याट बिल बिना सामान निर्यात गरे व्यापारीले भन्सार कार्यालयका कर्मचारी स्वयम्ले नक्कली रसिद दिएर कर लिएका हुन्।

व्यापारी लामाको सामानमा भन्सार कार्यालयको छाप लगाएर कर भन्दै २७ हजार ५ सय ६० रुपियाँ असुले गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानासँग स्थानीयले सीमा वार्ता तयारीको लागि हिल्सा पुगेका बेला रसिद बिना व्यापारीबाट पैसा असुल भएको गुनासो गरेका छन्। हुम्लाको उतरी नाकाबाट आयात÷निर्यात गर्ने व्यवसायीबाट सो कर यारी भन्सारको कमजोरीले फाइदा उठाउन नक्कली बिलबाट कारोबार गरेको खुलासा गरेको हो।

अर्कोतिर सिमा बाहिर बिक्री हुने सामान पनि व्यापारीहरूले समेत भ्याट बिल बिनानै ठूलो परिमाणमा बिक्री गर्दै आएका छन्। सरकारी नीति नियमलाई फितलो बनाउँदै भन्सार कार्यालयनै एउटा कागतको चिटमा कार्यालयको छाप लगाएर भ्याट असुलेको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका कोष नियन्त्रक राजन रेग्मीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्