एक मिनेटमा मुख्यमन्त्री



नयाँदिल्ली, (एजेन्सी)
भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री हेमा मालिनीले आफूले चाहे एक मिनेटमा मुख्यमन्त्री बन्न सक्ने बताएकी छिन्। उत्तर प्रदेशको मथुराबाट सांसद रहेकी हेमा मालिनीले राजस्थानको बासवाडा शहरमा उक्त बयान दिएकी हुन्। उनले भनिन्– ‘यदि मैले चाहेँ भने एक मिनेटमा मुख्यमन्त्री बन्न सक्छु। तर मलाई बाँधिन मन पर्दैन। यसले मेरो स्वतन्त्रता समाप्त हुन्छ। यस विषयमा म धेरै उत्सुक छैनँ।’ अवसर मिलेमा मुख्यमन्त्री बन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले उक्त कुरा बताएकी हुन्। उनले उत्तर प्रदेशको मुख्यमन्त्री पदका विषयमा कुरा गरिरहेको प्रस्ट रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्