बासुदेव लुइँटेल पुरस्कार भैरव गुठीलाई



काठमाडौं। २०७४ को ‘बासुदेव लुइँटेल पुरस्कार’ यस वर्ष भैरव पुरस्कार गुठीलाई प्रदान गरिने भएको छ। आगामी भदौ २३ गते हास्यव्यङ्ग्य साहित्यका शिखर व्यक्तित्व बासुदेव शर्मा लुइँटेलको जन्म दिनको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने गुठीको हालै बसेको बैठकले निर्णय गरेको हो।

वि.सं. २०५० माघमा स्थापित उक्त गुठीले पहिलोपटक संस्थालाई पुरस्कृत गर्न लागेको हो। पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपियाँ रहेको छ। अघिल्ला वर्षहरूमा हास्यव्यङ्ग्य साहित्य सिर्जना, अभिनय र व्यङ्ग्य चित्रका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गर्दै आएकोमा यसपटक संस्थालाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष प्राध्यापक डा. सुषमा आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

वि.सं. २०४६ मा स्थापित भैरव पुरस्कार गुठी वरिष्ठ साहित्यकार रमेश विकलको अध्यक्षतामा गठन भएको हो। गुठीले स्थापनाकालदेखि नै हास्यव्यङ्ग्य सिर्जनाका विविध विधाको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको छ।
हास्यव्यङ्ग्य पुस्तक प्रकाशन, हास्यव्यङ्ग्य स्रष्टालाई सम्मान गर्ने क्रममा यसअघि गोपालराज मैनाली, केशवराज पिँडाली, रामकुमार पाण्डे, मोहनराज शर्मा, महजोडी, बसुन्धरा भुषाल, सन्तोष पन्त, बलराम थापा, टेकवीर मुखिया, रविन सायमीलगायतका व्यक्तित्वहरूलाई प्रदान गरिसकिएको छ।

साहित्यिक नाम भूतको भिनाजु, नैकापे काका, बाउँठो बाजे आदि नामबाट चिनिने बासुदेव लुइँटेलका व्यङ्ग्य साहित्यमा विशेष योगदान रहेको छ। उहाँले हास्यव्यङ्ग्य प्रवद्र्धनका निम्ति कौवा प्रकाशन नै सञ्चालन गर्नुभएको थियो। संस्थाको प्रतीक चिन्हमा पनि कौवा नै राखिएको छ।

साहित्यिक नाम भूतको भिनाजु, नैकापे काका, बाउँठो बाजे आदि नामबाट चिनिने बासुदेव लुइँटेलका व्यङ्ग्य साहित्यमा विशेष योगदान रहेको छ। उहाँले हास्यव्यङ्ग्य प्रवद्र्धनका निम्ति कौवा प्रकाशन नै सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्