हराएकी बालिका मृत फेला



हरकसिंह धामी, कञ्चनपुर ।

विहिबार बिहान ११ बजे साथीको घर हिडेकी वर्ष १३ की निर्मला पन्तको शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ ।

बेलुका ५, ६ बजे सम्म घर नआउदा आमाले अहिले सम्म छोरी घर नआएको भन्दै खोज तलासी शुरु गरी निम्बुखेडा १८ बस्ने साथी रोशनी बमको घर पुगेर खबर बुझदा उनी दिउँसो २ बजे त्यहाँ बाट आफ्नो घर हिडे्की उनको साथी बमले बताए पछि केही बेर स्थानिय र आफ्न्तले खोज तलास गर्दा नभेटिएपछि राती नौ बजे निम्बुखेडा स्थिीत प्रहरी बिटमा खबर गरेका थिए ।

आँफुहरु पनि माथिको निर्देशनमा हिडनु पर्ने र सोही समयमा हल्दुखाल स्थित एक गोठमा आगो लागेकोले प्रहरीको एक टोली आगो निभाउन गएको हुदाँ भोलि विहान –शुक्रबार) देखि नै खोजतालासी गर्ने प्रहरी बिटका इन्र्चाजले बताएको स्थानिय विमला पन्तले बताईन ।

शुक्रबार विहान ८ बजे स्थानियले बालिको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा १८ स्थिीत पत्थरपुरको उखुबारीमा उनको शव फेला परेका थियो ।

प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए । आफुहरु हिजो राती देखि नै बालिकाको खोजीमा रहेको र हत्याको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान चलिरहेको खडकाले बताए ।

भीनपा २ सरस्वती टोल, उल्टाखाम बस्दै आएकी पन्त कक्षा ९ मा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरक्त थिइन । आर्थिक अवस्था निकै कमजोर रहे पनि उनि पढाईमा राम्रो हुनुका साथै आफनो टोलमा पनि राम्रो बालिकाको रुपम चिनिएको स्थानियहरुले बताए । बुवा यज्ञराज पन्त भारतमा काम गर्दै आएका छन् भने आमा दुर्गा पन्त भारतबाट साईकलमा समान ल्याई आफु र आफ्ना तिन छोरीको पालन पोषण गरी रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्