रोमियो एन्ड मुना भिड्दै



नायक विनय श्रेष्ठ र पूर्वनेपाल सुन्दरी सृष्टि श्रेष्ठले रोमान्स गरेको फिल्म रोमियो एन्ड मुना आज शुक्रबार अल नेपाल रिलिजमा आउने भएको छ।

डाइङ क्यान्डल निर्देशक नरेशकुमार केसी निर्देशित फिल्ममा विनय रोमियो र सृष्टि मुनाका रूपमा प्रस्तुत भएका छन्। सेन्सरबाट पीजी सर्टिफिकेट पाएकाले १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न मिल्ने फिल्ममा राक्षस पात्रसमेत खडा गरिएको छ। यसैका कारण फिल्म हेर्नका लागि सेन्सरले पीजी सर्टिफिकेट दिएको हो।

विनय र सृष्टिका साथमा प्रज्ज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायतले अभिनय गरेको फिल्मका गीत–संगीतले चर्चा पाएका छन्। प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यद्वारा निर्मित लभ स्टोरी नजराको फिल्मले दर्शकको मन जित्ने विश्वास नायकनायिका विनय र सृष्टिले गरेका छन्।

रोमियो एन्ड मुनासँग चिँ मुसी चिँ नामक फिल्म भिड्दै छ। दिनेश श्रेष्ठद्वारा निर्देशित सस्पेन्स थ्रिलमा भनिएको फिल्ममा सुनील क्षत्री, सुशान्त कार्की, अलिसा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्