व्यस्त मन्त्री



दुई तिहाई बहुमत भएको अनि इतिहासकै शक्तिशाली भनिएको वर्तमान सरकार, कुन हदसम्मको शक्तिशाली बुझ्नै गाह्रो हुन थाल्या छ । आफ्नो कार्य क्षेत्रबारे मन्त्रीहरु प्रष्ट देखिदैनन्, कहिले कता दौडिन्छन्, कहिले कहाँ गएर अनेकथरी बोल्छन् । शक्तिशाली मन्त्रीपरिषद्का सदस्यहरुलाई सिकाउन, सुझाव दिन पनि गाह्रो ।

प्रदेशका भन्दा पनि केन्द्रका मन्त्रीहरु आफ्नो जिम्मेवारी र भूमिका विर्सिन थाल्या देख्दा कहिले काहिँ उनीहरु स्थानीय निकायका पदाधिकारी भन्दा पनि कमजोर देखिन्छन् । रिवन काट्न, शिल्यान्यास जस्ता काममा दौडिनु नियमित तालिका झैं बन्न थाल्या छ, बोल्ने मौका पाए भने पार्टीको प्रशिक्षण हो कि सार्वजनिक कार्यक्रम छुट्याउनै गाह्रो हुन्छ भन्या ।

विहीवार शिक्षा मन्त्री रेष्टुरेन्ट उद्घाटन गर्न दौडिएको देख्दा धरहरा छक्क प¥या छ । दरवारमार्गमा खुल्या रेष्टुरेन्ट उद्घाटन गर्ने मौका पाएर होला उनी निकै प्रलुल्ल मुद्रामा देखिएका थिए ।

त्यस लगत्तै फटाफट खाजा खान लम्किएका उनी भन्दैथिए–‘क्याविनेट बैठक शुरु भइसक्यो होला, ढिला भइसक्यो ।’ यसो भन्दै उनी सिंहदरवारतर्फ दौडि हाले । क्याविनेटले गर्दा अन्य मन्त्रीहरुलाई पनि उस्तै दौडधुप प¥यो कि, जे होस शक्तिशाली क्याविनेटका मन्त्री निकै व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्