गृहमन्त्री र युइईका राजदुत भेटवार्ता



काठमाडौ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युयई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले बिहीबार गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गर्नुभएको छ ।गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै उहाँले युयईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुुतसँग आग्रह गर्नुृभएको थियो ।

सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युयई सरकारको तर्फबाट गरीएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गर्नुभयो ।
भेटमा राजदुत नाक्बिले नेपालमा सुन तस्करीबारे गरीरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युयईमा पक्राउ गरीएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिनुभयो ।

उहाँले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको प्रष्ट पार्नुभयो ।

भेटमा युयईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्