नेपाली सेनाको कामु प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिस



नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले बलाधिकृत पूर्णचन्द्र थापालाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा सिफारिस गरेको छ । हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिने भएतापनि पनि क्षेत्री साउन २४ गतेदेखि नै अवकाश विदामा बस्नेछन् र साउन २५ गतेदेखि पूर्णरुपमा प्रधानसेनापतिको जिम्मेवारी थापाले सम्हाल्नेछन् । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कामु प्रधानसेनापतिमा सिफारिस गरेको हो ।
सरकारले थापालाई साउन २४ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्