पाकिस्तानी चुनावमा सरिफ र इमरानका पार्टीबिच कडा प्रतिस्पर्धा



इस्लामावाद,(एजेन्सी)
पाकिस्तानमा बुधवार लाखौ जनता आम चुनावमा मत खसाल्न व्यस्त रहेकाबेला भएको हिंसामा कम्तिमा ३१ जना व्यक्तिको ज्यान गएको छ । क्वेटा शहरमा एक शक्तिशाली बम विस्फोट भएको हो ।

त्यसैगरी पाकिस्तानका अन्य बिभिन्न भागमा स–साना विस्फोटन र पार्टी कार्यकर्ताहरुबिचको झडपमा अन्य दुई व्यक्तिको ज्यान जानुका साथै थुप्रै घाइते भएको प्रहरीले जनाएको छ ।
हाल सम्मको मत सर्भेक्षण अनुसार पुर्व क्रिक्रेट स्टार इमरान खान र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री नवाज सरिफका पार्टीबिच चुनावमा कडा प्रतिस्पर्धा हुने भएका छन् ।

तर चुनावमा निकै धाँधली र हिँसा चर्कने संत्रास थपिएको छ । पाकिस्तानको मानव अधिकार आयोगले थुप्रै मतदान केन्द«मा धाँधली गर्ने बिभिन्न प्रयासहरु भएके दावी गरेको छ । चुनाव प्रचार प्रसारको क्रममा इमरान खानले राष्ट्रको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ ।
तर उनका विपक्षी राजनीतिज्ञहरुले भने उनलाई चुनावमा सेनासंगको मिलोमितोको फाइदा उठाइरहेको आरोप लगाएको छ । पाकिस्तानको एकहत्तर वर्ष लामो इतिहासको झण्डै आधा भन्दा बढि समय सेनाले शासन चलाएको छ ।


यसअघिको चुनाव जितेका सरिफलाई पानामा पेपर्स चुहावट काण्डबाट शुरु भएको भ्रष्टाचारको अभियोगमा कारावास संजाय भएको छ । सरिफ केहि दिन अघिमात्र वेलायतको राजधानी लन्डनबाट आफ्नी पुत्रीसंगै स्वदेश फर्केका थिए । तिनीहरुलाई लाहोर स्थित विमानस्थलबाटै सुरक्षाकर्मिले नियन्त्रणमा लिएका थिए । सरिफकी पत्नी मुमताज कुलसुमको क्यान्सरको कारण लन्डनको एक अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ ।

पाकिस्तानी चुनावमा मतदान कार्य स्थानिय समय अनुसार हिजो साँझ ६ बजे समाप्त हुने तथा संभवत विहिवार बिहान सवेरै परिणाम सार्वजनिक भइसक्ने बताइएको छ । कडा सुरक्षा प्रवन्ध वावजुद पनि हजारौं संख्यामा सेना र प्रहरी अधिकारीहरुले राष्ट्रभरि नै तैनाथ गरिएका छन् । सरकारी अधिकारीहरुले बालुचिस्तान प्रान्तको क्वेटामा एउटा मतदान केन्द«को ढोकामा प्रहरी माथि लक्षित गर्दै आत्मघाती बम विस्फोट भएको बताएका छन् ।

इस्लामिक स्टेट (आइएस) ले सो आत्रमणको औपचारिक जिम्मेवारी लिएको छ । यसै महिनाको शुरुमा मास्तुँग नजिक एउटा चुनावी ¥यालीलाई लक्षित गर्दै इस्लामिक स्टेटका लडाकुबाटै भएके आत्मघात ीआक्रमणमा कम्तिमा १ सय ४९ व्यक्तिको ज्यान गएको थियो ।
बुधवार पनि खुज्दामा भएको एक ग्रेनेड आक्रमणमा एक व्यक्तिको ज्यान गएको थियो भने खाइवर पाखतुन्ख्वा प्रान्तको स्वावीमा र बालोचिस्स्तानमा राजनीतिक प्रतिस्पर्धीहरुबिच गोली हानाहान भएको थियो ।

सरिफको पाकिस्तान मुस्लिम लिग –नवाज ( पिएमएल – एन ) ले इमारन खान र उनको पाकिस्तान तेहरिक ए इन्साफ पार्टीलाई फाइदा पु¥याउन सुरक्षा निकायले अदालतहरुको सहयोगमा आफुहरु माथि नियतवश दमन गरेको आरोप लगाएको छ । यो चुनाव निकै महत्वुपुर्ण छ किनभने यो मात्र दोश्रो पटक एक जनमत प्राप्त सरकारले आफ्नो कार्यकाल पूरा गरी अर्को लाई सत्ता हस्तान्तरण गरेको हो ।

पाकिस्तानको क्रिक्रेट टोलिले वल्र्ड कप जितेको घटना ताजै छँदा नब्बे दशकको उत्तरार्धमा इमरान खान राजनीतिमा प्रवेश गरेका थिए । तर सन् २०१३ मा उनले भ्रष्टाचार विरुद्ध अभियान थालेपछि बल उनको पार्टी कडा प्रतिस्पर्धीको रुपमा देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्