रोम विधान लागू गर्न सरकारको ध्यानाकर्षण



नेपाल समाचारपत्र
लमजुङ । लमजुङबाट रोम विधान लागू गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा गएर जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

इन्सेकका जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालमार्फत प्रधानमन्त्रीसमक्ष सो ध्यानाकर्षण गर्दैै ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न माग गरिएको इन्सेकका जिल्ला प्रतिनिधि मजाकोटी बताउनु हुन्छ ।

ज्ञापन पत्रमा ‘पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साल साउन ९ गते नेपाल सरकारलाई रा ेम विधान अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रुपमा संकल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण गराउन चाहन्छौँ’ भनिएको छ ।

जिल्ला प्रशसन कार्यालयमा उक्त ज्ञापनपत्र बुझाउन जिल्ला बार एकाईका उपाध्यक्ष बुद्धिसागर बराल, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य किसान संगीत नेपाली, पत्रकार महासंघका पूर्व जिल्लाअध्यक्ष कृष्ण के.सी.लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रमुख जिल्ला अधिकरी ढकालले ज्ञापनपत्र बुझदै तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइने र मानव अधिकार उल्लङ्घन हुन नदिनेतर्फ सरकार सचेत रहेको स्मरण गराउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्