राहदानीबाट झण्डै २ करोड राजस्व संलकन



नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा राहदानीबाट झण्डै २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आब २०७४/७५ को अवधिमा मा १ करोड ७९ लाख ९० हजार रुपैयाँ संकलन भएको हो ।

सो आवको एक वर्षे अवधिमा ३ हजार ४ सय २४ जनाले साधारण राहदानी लिएबापत उक्त राजस्व संकलन भएको हो । राहदानी लिनेहरूमा ९ सय ७९ जना महिला र २ हजार ४ सय ४५ पुरुष रहेको २ हजार ४ सय ४५ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जानकारी दिएको छ । उक्त अवधिमा जिल्लाबाट १ हजार ७ सय ६९ जनाले राहदानी पाउन द्रुतसेवाको उपयोग गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ८१ लाख ७० हजार रुपैयाँ संकलन भएको थियो । उक्त आर्थिक वर्षमा ३ हजार ४ सय २९ जनाले साधारण राहदानी र १ हजार ५ सय ९ जनाले दु्रतसेवामा राहदानी लिएका थिए । जिल्लामा अघिल्लो वर्षको तुलनामा गत अर्थिक वर्षमा साधारणभन्दा द्रुतसेवामा राहदानी अर्थात पार्सपोर्ट लिनेको संख्या बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्