विराटसँगको बिहे अनुश्काको थिएन सर्वश्रेष्ठ निर्णय



क्रिकेटर विराट कोहलीसँग विवाह गरेपछि बलिउड नायिका अनुश्का शर्माको करियरले पनि रफ्तार लिएको छ।
तर, उनले विराटसँग विवाह गर्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ निर्णय नभएको बताएकी छिन्। उनले आफ्नो इन्स्टाग्राममा एक तस्वीर शेयर गरेकी छिन्। जसमा उनले शाकाहारी बन्नु आफ्नो जिन्दगीको उत्कृष्ट फैसला भएको उल्लेख गरेकी छन्। उनले अगाडि लेखेकी छिन्– ‘म यस कुराप्रति सन्तुष्ट छु कि यसबाट मैले दुनियामा केही हदसम्म बदलाव ल्याएकी छु।’
उनले यो तस्वीर एक पशु अधिकार संगठनको अभियानका लागि खिचाएकी हुन्। ३ वषर््ँअघि मासु खान छोडेकी उनले यसपटक आफ्नो जन्मदिनको अवसरमा मुम्बईमा पशु आश्रय निर्माण गर्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्