दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं, (नेस)
आईतबार ११ दशमलव ७३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसँचक सोमबार भने सोही अनुपातमा बढेको छ । सोमबार १२ दशमलव ८४ अंकले बढेर परिसँचक १ हजार १ सय ९४ दशमलव ५० अंकमा कायम भएको छ । बजार बढेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

सोमबार दिनभरिमा १ सय ५७ वटा कम्पनीको ६ लाख ५८ हजार २ सय ९२ कित्ता शेयर २ हजार ८ सय ३९ पटक खरिद बिक्री हुँदा १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपियाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको उपसँचक १ सय ३३ दशमलव ५१ अंकले बढेको छ।

त्यसैगरी बैंकिङ समूहको उपसूचक ८ दशमलव शँन्य ६ अंकले, विकास बैंक समँहको उपसुचक १५ दशमलव ८८ अंकले, जलविद्युत् समुहको उपसँचक १९ दशमलव शँन्य १ अंकले, वित्त समँहको उपसँचक १ दशमलव ८ अंकले, उत्पादनमँलक समँहको उपसँचक १० दशमलव ९१ अंकले, अन्य समँहको उपसूचक ९ दशमलव ६३ अंकले, लघुवित्त समँहको उपसँचक ३५ दशमलव ४५ अंकले र जीवन बीमा समँहको उपसूचक ५४ दशमलव ८६ अंकले बढेका छन् । होटल समँहको उपसँचक भने स्थिर रहेको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ६० लाख ४२ हजार रुपियाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा नयाँ नेपाल लघुवित्त कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा तिनाउ विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएका छन् । सोमबार १९ वटा कम्पनीका शेयरधनीले मात्रै आफ्नो लगानी गुमाएको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्