सिटिजन्स बैंक र ललितपुर प्रहरीबीच सम्झौता



ललितपुर, (नेस)
जिल्लामा कार्यरत प्रहरीलाई पुरस्कृत गर्न सिटिजन्स बैंक इन्टरनेसनलले महानगरीय प्रहरी परिसर ललितपुरलाई ७ लाख २० हजार रुपैयाँ प्रदान गरेको छ ।बैंक र परिसरबीच सोमबार भएको सम्झौताअनुसार सो रकम प्रदान गरेको हो ।

सम्झौतामा जिल्लामा कार्यरत प्रहरीमध्ये जिम्मेवारीमा उत्कृष्ट हुने तीन जनालाई प्रत्येक महिनाको पहिलो साता पुरस्कृत गर्ने भनिएको छ ।

बैंकले तीन जना प्रहरीलाई जनही २० हजारका दरले जम्मा ६० हजार एक वर्षमा दिन सो रकम प्रदान गरेको सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र परिसर प्रमुख गणेशबहादुर ऐरले हस्ताक्षर गर्नुभयो । सम्झौतालगतै परिसरले तीन जना प्रहरीलाई सोमबार पुरस्कृत गरेको थियो ।असार महिनाभित्र तीन वटा क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको हो ।

असार महिनाभित्र अपराध अनुसन्धान तथा कारबाहीको मँल्याकंन गर्दै दुई थान पेस्तोल र ५६ राउन्ड गोली सहित समातिएकोमा प्रहरी निरीक्षक खुमलाल भुसाल, जनमैत्री सामाजिक सचेतनामँलक कार्यक्रमतिर प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ, प्रहरी परिचालन शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी निरीक्षक मीनबहादुर तामाङलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने लाई बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नगद पुरस्कार जनही २० हजार रुपियाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले सम्झौताबाट बैंक र प्रहरीबीच सहकार्य र प्रहरी मेरो साथीको भावना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

प्रहरी प्रमुख ऐरले आफँलाई जिम्मेवारी दिइएको काममा लगनशील भएर लाग्ने हरेक प्रहरीलाई पुरस्कार प्रदान गर्न सकिने बताउँदै यसबाट जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु कामप्रति अझ उत्तरदायी हुने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्