वाक युद्ध



डा. केसी विगत २४ दिनदेखि अनसनमा छन् । उनको समर्थन अनि सरकारविरुद्ध निकै चर्को दबाब बढ्या छ । सत्तारुढ दलका नेता र मन्त्रीहरु केसीविरुद्ध कडा उत्रिया छन् । उनीहरु भन्छन्–‘काँग्रेसले केसीको हत्या गर्न र लाशको राजनीति गर्न चाहेको छ ।’ सोमबार नेकपा नेता प्रचण्डले एक सार्वजनिक कार्यक्रममा यस्तो भन्दा धरहरा तीन छक प¥या छ ।

प्रचण्ड कुनै शक्तिले तथास्तु गरेर अहिलेको अवस्थामा पुग्या भए पो छक्क नपर्नु, उनको विगत के थियो, कस्तो थियो थाह नभा हो र ? नेताज्यू, मैले के बोल्दैछु, बोलेपछि प्रतिक्रिया कस्तो हुन्छ भन्ने अलिकति पनि हेक्का हुन्न कि क्या हो ? कम्रेडले अब केही दिनपछि भन्न बेर छैन–‘मिडियाले अतिरञ्जित गरे, मैले बोल्दै नबोलेको कुरा तोडमोड गरे, मलाई अनावश्यक विवादमा तान्ने काम गरियो ।’

नेता मात्रै हो र, नेताज्यूका मन्त्री पनि उस्तै छन् एक दिन अघि खैं के–के बोल्छन् अनि २४ घन्टा पनि वित्न नपाउँदै माफी माग्छन् । केसी अनसन बसेपछि काँग्रेस खुब लोकतात्रिक बन्या छ, सरकार विरुद्ध वाक युद्ध र आन्दोलनमा उत्रिया छ । अन्य विपक्षी दल पनि त्यहि लाइनमा छन् । केसीको मागबारे जस लिन दलहरु तछाड मछाड ग¥या छन् । जस लिन तछाड मछाड गर्नेहरुले कम्तिमा बोलीको हेक्का चाहिँ राखे हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्