दुर्घटना न्युनिकरण छलफल हुँदा हुँदै दुर्घटना, ट्रिपरको ठक्कर दिँदा घटनास्थलमै मृत्यु



मोतीराम तिमल्सिना, काभ्रे
सदरमुकाममा ट्रिपरबाट हुने दुर्घटना न्यूनिकरण गर्न छलफल आयोजना गरिएको थियो । छलफलमा भाग लिन ट्रिपर ब्यवसायी संघका पदाधिकारीहरु प्रहरी कार्यालय भित्र प्रवेश गर्दै थिए । प्रहरीको सेटमा बज्यो ट्रिपरले बनेपाको चोकमै मान्छे मा¥यो ।

हतार हतार बाग्मति ट्रिपर ब्यवसायी संघका अध्यक्ष शेरबहादुर तामाङले ट्रिपर र गल्ति कसको ? पत्ता लगाउन भन्दै थिए । प्रहरीले भन्यो–‘प्राईभेट नम्बर प्लेट भएको बा २ ख ३९३४ नम्वरको बनेपाका कमल श्रेष्ठको नाममा रहि दिपा श्री कन्ट्रक्सनमा काम गर्ने ट्रिपर साँगाबाट धुलिखेल तर्फ आउँदै गर्दा अरनिको राजमार्गको बनेपा ७ चोकमै वा ८३ प ५०७७ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा नमोबुद्ध नगरपालिका ७ खनालथोक घर भई विपी राजमार्गको नौविसेमा मोटरसाईकल वर्कशप गर्दै आएका ५७ बर्षिय जितबहादुर तामाङको निधन भयो ।’

आक्रोशित भिडले ट्रिपर चालक नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्वर १ घर भएका २९ वर्षका सुधन श्रेष्ठलाई आक्रमणको प्रयास गरेको थियो । प्रहरीको विट भित्र लुकेका चालकलाई भिडले आक्रमण गरेको थियो । सोहि भिडले टिपरलाई आगो लगाई दियो । टिपर जलेर ध्वस्त भयो । प्रहरीले आगो नियन्त्रण गरे पनि टिपर काम लाग्ने अवस्थामा छैन । केहि साता अघि मात्रै भैसेपाटीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल सवार दुई जना घाईते भएका थिए ।

जिल्ला प्रहरीले दुर्घटना न्यूनिकरणका लागि प्रहरी निरिक्षक दिपकुमार रायको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरेको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाई लगायत रहेका छन् । प्रहरी प्रमुख एसपी रविराज खड्काको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा ट्रिपर दुर्घटनाको बास्तविक कारण, चालकहरुको अवस्था, भारवहन क्षमता ट्रिपरको अवस्था, सडकको अवस्था र गति, सवारीको यान्त्रिक अवस्था र चालकको शारिरिक र मानसिक अवस्थाको बारेमा सुझाव लिईएको थियो ।

ट्रिपर ब्यवसायी संघका अध्यक्ष शेरबहादुर कुवर सवारी चालक अनुमति पत्र सहज नभएको, अनुमति लिदै प्रशिक्षण दिनु पर्ने, चालकहरुको संख्या थोरै भएको, ध्वनी प्रर्दुषण बढ्ने, रातिको समयमा मात्रै ट्रिपर चलाउँदा झनै दुर्घटना बढ्ने सुझाव दिएका थिए । ट्रिपर ब्यवसायी संघका सचिव प्रेम लामाले राजधानीमा दैनिक १६ सय पटक ट्रिपरहरु साँगाबाट भित्रँदा सवारी धेरै भएका कारण दुर्घटना भएको बताए । चालकहरुलाई प्रशिक्षण नपुगेको बताउँदै लामाले मोटरसाईकल लगायत अन्य सवारी साधनहरुबाट भएको दुर्घटना न्यूनिकरण गर्नु पर्ने बताए ।

छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईले आर्थिक वर्ष २०७४÷२०७५ मा ५३ वटा सवारी दुर्घटना भएकोमा २२ वटा घटनामा ट्रिपरका कारण छन् । जसका कारण २२ जना मध्ये ९ जनाको ट्रिपरकै कारण निधन भएको छ । अघिल्लो वर्ष ६५ दुर्घटनामा २७ वटा ट्रिपरका कारण दुर्घटना भएको थियो । ६५ जनाको निधन भएकोमा १३ जना ट्रिपरका कारण ज्यान गुमाउन पुगेका थिए । जिल्लामा टाईम कार्डको प्रयोग पछि दुर्घटनामा कमी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्